Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

शिक्षकलाई किताबखानाको आग्रह – सकभर अहिले सेवा लिन नआउनू

शिक्षकलाई किताबखानाको आग्रह – सकभर अहिले सेवा लिन नआउनू


  • 12.3K
    Shares

    • images
    शिक्षकलाई किताबखानाको  आग्रह – सकभर अहिले सेवा लिन नआउनू
    images

    राष्ट्रिय  किताबखाना (शिक्षक)ले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले सेवाका लागि सकभर नआइदिन सेवानिवृत्त शिक्षकसँग आग्रह गरेको छ ।

    किताबखानाका उपमहानिर्देशक रामराज खकुरेलले कोभिड–१९ को तेस्रो लहरका कारण कर्मचारी प्रभावित भएको र यसले गर्दा गर्दा कार्यालयमा कर्मचारीसमेत अभाव भएको बताए ।

    उनका अनुसार अधिकृत चार जनामध्ये तीन जना र उपसचिव तीन जनामध्ये दुई जना सङ्क्रमित भएका छन् ।

    “प्रकोप बढेका बेला सकभर नआइदिए हुन्थ्यो भन्ने चाहेका छौँ” उनले भने, “सेवा प्रवाह बन्द हुँदैन तर सेवा लिन आउने शिक्षक वा उनका परिवारजन सङ्क्रमित हुने डर छ । त्यसैले जहिले आए पनि केही बिग्रदैन ।”

    उनले आज २२ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको जानकारी दिए । गत महिना दैनिक सरदर ६० जना सेवाग्राही आउने गरेकोमा कोरोना सङ्क्रमण बढेसँगै सेवाग्राहीको सङ्ख्या घट्दै गएको छ ।

    अधिकाँश अवकास भएका शिक्षक सेवा लिन किताबखाना पुग्ने गरेका छन् । अवकास भएको मितिले नै पेन्सन वा उपदान पाउने भएकाले हतार गरिरहनु आवश्यक नरहेको भनाइ किताबखानाका पदाधिकारीको छ ।

    उनले भोलि शुक्रबारबाट सेवाग्राहीले अनिवार्य रूपमा खोप कार्ड ल्याउनैपर्ने बताए । यसैबीच गत छ महिनामा राजीनामा दिने, अनिवार्य अवकास हुने र मृत्यु हुने शिक्षकको सङ्ख्या निकै बढेको पाइएको छ ।

    किताबखानाका अनुसार गत साउनदेखि पुस मसान्तसम्ममा एक हजार २५ जना शिक्षकले पदबाट राजीनामा गरेका छन् । त्यस्तै एक हजार ५७५ जना शिक्षकले अनिवार्य अवकास पाए भने २०१ जना शिक्षकको मृत्य भएको छ । यस छ महिनामा किताबखानाले दुई हजार ८०१ शिक्षकको सेवा सुविधा निर्धारण गरेको छ । गत २०७७÷७८ मा ७९७ जना शिक्षकले राजीनामा गरेका, दुई हजार ३५६ जना शिक्षकले अनिवार्य अवकास पाएको र २०७ जनाको मृत्यु भएको थियो । गत वर्ष तीन हजार ३६० जनाको सेवा सुविधा निर्धारण गरिएको थियो ।

    teacher-thumbnail-1000x525-70.jpg

    प्रकाशित मिति :माघ ६ २०७८ बिहिवार - १६:४४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij