Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई लाइफ मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरको सेवामा छुट

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई लाइफ मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरको सेवामा छुट


  • 3.1K
    Shares

    बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई लाइफ मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरको सेवामा छुट
    images

    काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबिच अस्पतालको सेवामा छुटसम्बन्धी सम्झौता भएको छ।

    बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ। 

    यस सम्झौता पश्चात् ग्राहकहरुले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन्। ग्राहकले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरूको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

    मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ।     

    बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ। 

     

    प्रकाशित मिति :माघ ६ २०७८ बिहिवार - १६:०३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij