Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

शेयर बजारमा दोहोरो अंकको वृद्धि: आइएमई जनरलसहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

शेयर बजारमा दोहोरो अंकको वृद्धि: आइएमई जनरलसहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?


  • 3.7K
    Shares

    शेयर बजारमा दोहोरो अंकको वृद्धि: आइएमई जनरलसहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?
    images

    साताको अन्तिम कारोबार दिन (बिहीबार) शेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार र बुधबार घटेको बजार आज फेरि उकालो लागेको छ । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.९६ अंकले बढेर २९३१.२६ विन्दुमा पुगेको छ । नेप्से १.१४ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.७६ अंकले बढेर ५४३.७४ विन्दुमा पुगेको छ । 

    कारोबारमा आएका कूल २२९ वटा कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७ सय ४४ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४ सय ९ रूपैयाँ १८ पैसा बराबरको कारोबार भएको छ ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज बैंकिङ्ग र म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको शेयर बढेको छ । 

    बिहीबार आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड २० लाख ५३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

    बिहीबार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ५० रूपैयाँ पुगेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ३५ रूपैयाँ ८० पैसा पुगेको छ । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य पनि ९.९७ प्रतिशतले बढेको छ ।

    tttt.jpg

    प्रकाशित मिति :माघ ६ २०७८ बिहिवार - १५:४५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij