Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

यी दुई बीमा कम्पनीलाई धितोपत्र बोर्डले दियो हकप्रद निष्कासनको अनुमति, कुनको कति ?

यी दुई बीमा कम्पनीलाई धितोपत्र बोर्डले दियो हकप्रद निष्कासनको अनुमति, कुनको कति ?


  • 4.4K
    Shares

    यी दुई बीमा कम्पनीलाई धितोपत्र बोर्डले दियो हकप्रद निष्कासनको अनुमति, कुनको कति ?
    images

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई बीमा कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको छ । सेबोनको हिजो(बुधबार) बसेको सञ्चालक समितिको बैठकले शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको हो । 

    आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको हो ।

    कम्पनीले भदौ १७ गते, बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद शेयर निष्कासन गर्ने निवेदन दिएको थियो । कम्पनीले १ः०.४० अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

    कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

    यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले कम्पनीले १०ः३ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । जेठ २५ गते कम्पनी हकप्रद शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको थियो ।  हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको हो ।

    प्रकाशित मिति :माघ ६ २०७८ बिहिवार - १३:३६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij