Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

स्वास्थ्य मापदण्ड पालना नभएमा त्रिविका परीक्षा स्थगित गर्न प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन

स्वास्थ्य मापदण्ड पालना नभएमा त्रिविका परीक्षा स्थगित गर्न प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन


  • 3.9K
    Shares

    • images
    स्वास्थ्य मापदण्ड पालना नभएमा त्रिविका परीक्षा स्थगित गर्न प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन
    images

    त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरी त्रिविका परीक्षा सञ्चालन भएका छन् कि छैनन् भन्ने अनुगमन गर्न निर्देशन दिएका छन्।

    त्रिविले सञ्चालन गरेका परीक्षामा कोरोना संक्रमित विद्यार्थी पनि अरू विद्यार्थीसँगै राखेर परीक्षा लिइरहेको भन्दै गुनासा आएका थिए।

    परीक्षा केन्द्रमा सामाजिक दूरी कायम गरी विद्यार्थी राखे वा नराखेको तथा सेनिटाइजर लगायतका सामग्री व्यवस्था भए वा नभएकोलगायत अनुगमन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्।

    त्रिविका परीक्षा केन्द्रहरूमा आज अनुगमन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्। अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड पालना गरेको नपाइएमा केही साता परीक्षा स्थगित गर्नसमेत देउवाले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

    ‘परीक्षा चलेका कलेजमा आज अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही साता परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो।

    प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदाश बैरागीमार्फत् सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका छन्।

    स्वास्थ्य मापदण्ड पालना नभएको खण्डमा केही साता परीक्षा स्थगित गर्ने प्रक्रिया अगाडि बढाउन पनि मुख्यसचिव बैरागीलाई प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन्।

    परीक्षा केन्द्र, हलको अनुगमनपछि यसबारे सिसीएमसी बैठकबाट थप निर्णय गर्ने पनि प्रधानमन्त्री देउवाले बताएको उनको सचिवालयले जनाएको छ।

    प्रकाशित मिति :माघ ६ २०७८ बिहिवार - १२:५१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij