Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पहिलो चरणमा ९९ जना नेपाली गए इजरायल, माघ १५ र १६ मा अरु पनि जाँदै

पहिलो चरणमा ९९ जना नेपाली गए इजरायल, माघ १५ र १६ मा अरु पनि जाँदै


  • 5.1K
    Shares

    पहिलो चरणमा ९९ जना नेपाली गए इजरायल, माघ १५ र १६ मा अरु पनि जाँदै

    नेपाल सरकार र इजरायल सरकारबिचको श्रम सम्झौतासँगै पहिलो चरणमा ९९ जना नेपाली इजरायल गएका छन्।पहिलो पटक सरकारी समन्वय मार्फत जी-टु-जी प्रक्रियाबाट नेपाली कामदारहरु इजरायल गएका हुन्।

    बुधवार इजरायल जानेमा ६३ महिला र ३६ पुरुष रहेका छन्। उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोदरले बिदाई गरेका हुन्।

    इजरायलसँग भएको सम्झौता अनुसार आवेदन दिएकाहरुलाई ‘पहिलो आउने पहिलो प्राथमिकता’का आधारमा ९९ नेपाली इजरायल गएका हुन्। त्यस्तै, माघ १५ र १६ गते दुई उडान मार्फत् थप नेपाली इजराजय जाने मन्त्रालयले जनाएको छ।

    वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो। छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ।

    नेपाल सरकार र इजरायल सरकारबिच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो। इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपियाँ पारिश्रमिक पाउनेछन्।

    प्रकाशित मिति :माघ ६ २०७८ बिहिवार - ११:४१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij