Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भारतका एक मन्त्रीलाई ११ दिनमा दुई पटक कोरोना

भारतका एक मन्त्रीलाई ११ दिनमा दुई पटक कोरोना


  • 2.7K
    Shares

    भारतका एक मन्त्रीलाई ११ दिनमा दुई पटक कोरोना
    images

    भारत । भारतका एक मन्त्री ११ दिनको बीचमा दुई पटक कोरोना संक्रमित बनेका छन् । 

    मध्य प्रदेश राज्यका पञ्चायत तथा ग्रामिण विकास मन्त्री महेन्द्र सिंह सिसोदियालाई ११ दिनको बीचमा दुई पटक दोस्रो पटक कोरोना संक्रमण भएको हो । 
    मन्त्री सिसोदियाले आफ्नो पीसीआर रिपोर्ट पोजेटिभ आएको भन्दै बुधबार आफूलाई फेसबुकमा लेखेका छन् । यसअघि उनले ८ जनवरीमा पनि आफ्नो रिपोर्ट पोजेटिभ आएको भन्दै सहज रहन र सम्पर्क आएकाहरुलाई परीक्षण गर्न आग्रह गरेका थिए । 

    भारतीय मिडियामा आएका खबर अनुसार सिसोदियालाई रुघाखोकी लागेपछि जनवरी ५ मा उनले पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । ८ जनवरीमा आएको रिपोर्टमा पोजेटिभ देखिएको । त्यसपछि १३ जनवरीमा परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो । कोरोनामुक्त भएको भनी मन्त्री विभिन्न कार्यक्रममा पनि सहभागी भएका थिए । 

    फेरि सिसोदियालाई स्वास्थ्यमा समस्या देखियो । ज्वरो र साथमा रुघाखोकी देखिएपछि उनी १७ जनवरीमा अस्पताल गए । त्यो बेला पनि पीसीआर परीक्षणका लागि स्वाब दिए । १९ जनवरी(हिजो) आएको रिपोर्टमा पोजेटिभ देखायो। 

    विज्ञहरुले कम्तिमा ४–५ महिना एकै व्यक्तिमा दोहो¥याएर कोरोना संक्रमण नहुने दावी गर्दै आएका छन् । सिसोदियालाई १५ दिनपनि नपुगी दोस्रो पटक कोरोना संक्रमण देखिएको विषमा भारतका डाक्टरहरु अचम्मित भएका छन् । 

    उत्तर प्रदेशका हमीदिया अस्पतालमा कार्यरत प्राध्यापक डाक्टर निशान्त श्रीवास्तव कोरोनाको नयाँ भेरियन्ट जन्मिएको आशंका गर्छन् । यसरी १५ दिनभित्रै एकै व्यक्तिमा दोस्रो पटक संक्रमण हुँदा अर्काे भेरियन्टको जन्म भएको होकि भन्ने आशंका रहेको उनको भनाइ छ । मन्त्री सिसोदियालाई सुरुमा डेल्टा भेरियन्ट र पछि ओमीक्रोनले आक्रमण गरेको हुनसक्ने विज्ञहरुको भनाइ छ । 

    प्रकाशित मिति :माघ ६ २०७८ बिहिवार - ११:२६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij