Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य , के - केमा कति बढ्यो ?

आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य , के - केमा कति बढ्यो ?


  • 3.1K
    Shares

    आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य ,  के - केमा कति बढ्यो ?
    images

    काठमाडौँ । आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल र डिजेल/मटितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

    यससँगै अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ ।

    अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।

    पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन भएको थियो ।

    प्रकाशित मिति :माघ ६ २०७८ बिहिवार - ११:०५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij