Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आफ्नै श्रीमतीद्धारा श्रीमानको हत्या , के थियो त्यस्तो बाध्यता

आफ्नै श्रीमतीद्धारा श्रीमानको हत्या , के थियो त्यस्तो बाध्यता


  • 3.6K
    Shares

    आफ्नै श्रीमतीद्धारा श्रीमानको हत्या , के थियो त्यस्तो बाध्यता
    images

    रोल्पा । एक महिलाले पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम  झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले  पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको थियो ।

    घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण रानाले जानकारी दिए । अभियुक्तलाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको छ ।  

    प्रकाशित मिति :माघ ६ २०७८ बिहिवार - १०:५२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij