Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

छ वर्षपछि आज ९९ जना नेपाली कामदार इजरायलका लागि उड्दै, दोस्रो चरणमा १६२ जना लगिने

छ वर्षपछि आज ९९ जना नेपाली कामदार इजरायलका लागि उड्दै, दोस्रो चरणमा १६२ जना लगिने


  • 2.7K
    Shares

    छ वर्षपछि आज ९९ जना नेपाली कामदार इजरायलका लागि उड्दै, दोस्रो चरणमा १६२ जना लगिने
    images

    काठमाडौँ । रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्ने भएका छन् । उनीहरु आज राति ११ बजे इजरायलका लागि उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

    आज ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायल जान लागेका विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भूसालले जानकारी दिए । इजरायल जाने कामदारका लागि यो पहिलो उडान हुनेछ । त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ तारिक अर्थात् माघ १५ र १६ गतेका दिन दुई उडान हुने पनि उनले जानकारी दिए ।

    दोस्रो चरणमा  १६२ जना इजरायलका लागि उड्नेछन् । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो । श्रम सम्झौतापछि विभागले विज्ञापन सुरु गरेको २५ औँ हप्तामा नेपाली कामदारलाई इजरायल पठाउने टुङ्गो लागेको हो । इजरायलको रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा अहिलेसम्म नौ सय ९४ जना कामदारसँग सम्झौता भइसकेको छ ।

    विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम नाम छनोट गरेको थियो । त्यसमा इजरायलले ११ सय ७५ जना छनोट गरेको थियो ।
     

    प्रकाशित मिति :माघ ५ २०७८ बुधवार - १४:४३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij