Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

चिडियाखानाका सिंहहरुमा कोरोना संक्रमण

चिडियाखानाका सिंहहरुमा कोरोना संक्रमण


  • 3.2K
    Shares

    चिडियाखानाका सिंहहरुमा  कोरोना संक्रमण
    images

    जोहानेसबर्ग । दक्षिण अफ्रिकाको एक निजी चिडियाखानामा सिंहहरुमा कोरोना संक्रमण पुष्टी भएको छ। सिंहहरु कोरोनाको ‘डेल्टा’भेरियन्टबाट सङ्क्रमित भएका हुन्। संक्रमित सिंहमा श्वासप्रश्वासमा समस्या, नाक बग्ने र सुख्खा खोकी जस्ता लक्षण पनि देखिएका छन्।

    युनिभर्सिटी अफ प्रिटोरियाका वैज्ञानिकहरुको टोलीले हालै गरेको एक अध्ययनमा सिंहमा संक्रमण भएको खुलासा गरेको हो। जर्नलमा भर्खरै प्रकाशित यस अध्ययनमा अन्वेषकहरूले मानिसहरूलाई आफ्नो घरपालुवा बिराला र कुकुरमा कोरोना संक्रमण हुने सम्भावना रहेकोले सचेत रहन आग्रह गरेका छन्।

    उक्त टोलीको नेतृत्व विश्वविद्यालयको मेडिकल भाइरोलोजी विभागको अर्बो-एन्ड रेस्पिरेटरी भाइरस कार्यक्रम, जुनोटिकका प्रमुख प्रोफेसर मारिटजी भेन्टर र पशु चिकित्सा विज्ञान संकायमा वन्यजन्तु स्वास्थ्यका सहयोगी प्राध्यापक कटजा कोप्पेलले गरेका थिए। उनीहरूले सन् २०२१ को अन्त्यमा दक्षिण अफ्रिकामा कोभिड-१९ विश्वव्यापी महामारीको तेस्रो लहरमा चिडियाखानामा रहेका तीन बिरामी सिंहको अध्ययन गरेका थिए।

    विश्वविद्यालयले एक विज्ञप्तिमा भनेको छ, 'ट्रान्सडिसिप्लिनरी (अन्तरविषय) वैज्ञानिकहरूको टोलीले गौतेङ (प्रान्त) को एक निजी चिडियाखानामा कोभिड-१९ को कुनै लक्षण नदेखिएका संक्रमित चिडियाखाना सञ्चालकहरू 'कोरोना भाइरसको डेल्टा' बाट संक्रमित भएको पत्ता लगाएको छ। उनीहरुबाट‘डेल्टा’भेरियन्ट जनावरमा संक्रमण भयो। यसले अर्को गम्भीर रोग निम्त्याउन सक्छ । जनावर बिरामी परेको सात सातासम्म पिसिआर परीक्षण गर्दा पोजिटिभ देखिएको थियो।'

    लामो समयसम्म संक्रमण भएका कारण जोखिम बढेको र संक्रमित नभएको पुष्टि नभएसम्म उनीहरुलाई आइसोलेसनमा राखिएको वैज्ञानिकहरुले बताएका छन् । कोप्पेलले सिंहमा १५ दिनसम्म श्वासप्रश्वासमा समस्या, नाक बग्ने र सुख्खा खोकी जस्ता लक्षण देखिएको बताए । उनीहरुमाथि कडा निगरानी राखिएको थियो र १५ देखि २५ दिनपछि तीनवटा सिंह पूर्ण रुपमा निको भएका थिए । सबै कर्मचारी र सिंहको नमूनाको जीनोम सिक्वेन्सिङ गरिएको थियो, जसले डेल्टा भेरियन्टबाट संक्रमित भएको पुष्टि गरेको थियो।   

    चिडियाखानामा करिब एक वर्षअघि अन्य दुई जनावर पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

     
     
     

    प्रकाशित मिति :माघ ५ २०७८ बुधवार - १२:५५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij