Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक

खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक


  • 8.8K
    Shares

    खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक

    काठमाडौं । कलाकार खेम गुरुङको लोकगीत घर त गलकोट सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार गुरुङको पहिलो एल्बम युटुबमार्फत सार्वजनिक भएको हो ।

    आफ्नै लय, शब्द र सङ्गीतमा गीत तयार पारेका गुरुङले विदेशमा रहँदा जन्मभूमिको मायामा डुबेर गीत तयार पारेको र अहिले सार्वजनिक गरेको जानकारी दिए । उनका अनुसार गीतको म्युजिक भिडियो पनि जन्म गाउँ गलकोटमै तयार गरिएको छ । बाग्लुङको गलकोट नगरपालिका–९ बास्खोलामा जन्मिएका गुरुङले गीत सङ्गीतमार्फत जन्मभूमिलाई देश विदेशमा चिनाउने आफ्नो लक्ष्य रहेको बताए ।

    लोकदोहोरी भनेपछि आफू हुरुक्कै हुने गरेको र विभिन्न समस्याका कारण गीत रेकर्ड गर्न नसकेको बताउँदै उनले लामो सङ्घर्ष पछि आफ्ने सपना साकार भएको उल्लेख गरे । आर्थिक अभावका कारण विदेशिनु पर्दा लोकदोहोरीको यात्रालाई निरन्तरता दिन नसकेको भन्दै उनले आगामी दिनमा निरन्तर लाग्ने बताए ।

    गीतको म्युजिक भिडियोमा कलाकार खेम गुरुङ, सिवानी कार्की र विपिन मल्लको अभिनय छ । राजन केसी ‘मोहन’ ले निर्देशन गरेको भिडियोको सम्पादन कलाकार राजन केसीले गरेका छन् । म्युजिक भिडियो कलाकार ईश्वर सिंहको युटुब च्यानल ईश्वर सिंहमार्फत सार्वजनिक भएको जनाइएको छ ।

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - १२:००:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij