Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एकजना घाइते

काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एकजना घाइते


  • 2.6K
    Shares

    काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एकजना घाइते
    images

    काठमाडौं । कोटेश्वरमा मोटरसाइल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार एकजना घाइते भएका छन् ।

    तिनकुनेबाट कोटेश्वर तर्फ जाँदै गर्दा गएराति साढे ११ बजे प्रदेश ३-०२-०२६ प १८२४ नम्बरको मोटरसाइकल नम्बर नखुलेको टिपरमा ठोक्किएर दुर्घटना हुँदा मोरङ घर भई सल्लाघारी बस्ने २६ वर्षीय अनन्त लिम्बुको मृत्यु भएको हो । लिम्बुको राति नै उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सो दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    टिपरसहित चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :माघ ५ २०७८ बुधवार - १०:५६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij