२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । बाराको निजगढ नगरपालिका-११ तमागढीमा गएराती सवारीसाधनले किचेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन ।
गएराति पौने ३ बजे पैदल हिँडिरहेका उनलाई सवारीसाधनले किचेको बताइएको छ । दुर्घटना गराएर सवारी साधनसहित फरार रहेका चालकको खोजी भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij