Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

तेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

तेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


  • 8.7K
    Shares

    तेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा आज बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियार छन् ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले घटनामा दाजुको मृत्यु भएको र नाम नखुलेको भाइको अवस्था सामान्य छ ।

    आज बिहान तेल बोकेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५२१ नं को ट्याङ्करले बर्दिबासस्थित भावना पेट्रोल पम्पबाट मोटरसाइकलमा तेल भरेर निस्कँदै गरेको ग९प५३२१ नं को मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

    ट्याङ्करको ठक्करबाट गम्भीर घाइते आशालाललाई उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा लगिएकामा त्यहीँ मृत्यु भएको थियो । ठक्कर दिने टयाङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - १२:४७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij