Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

कुन-कुन समयमा कर नबुझाएमा ब्याज लाग्छ ? ब्याजदर कति ?

कुन-कुन समयमा कर नबुझाएमा ब्याज लाग्छ ? ब्याजदर कति ?


  • 5.2K
    Shares

    कुन-कुन समयमा कर नबुझाएमा ब्याज लाग्छ ? ब्याजदर कति ?
    images

    समयमा कर दाखिला नगरेमा ब्याज लाग्दछ । समयमा विवरणहरु (आय विवरण, किस्ताबन्दीको अनुमानित करको विवरण) दाखिला नगरेमा वा कागजात नराखेमा वा आयकर ऐन वा नियमको कुनै व्यवस्थाको पालना नगरेमा वा झुठा वा भ्रमपूर्ण विवरण दाखिला गरेमा तथा कर सम्बन्धी कसूर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्दत गरेमा शुल्क लाग्दछ ।

    त्यसैगरी अदालतको फैसला अनुसार कर दाखिला नगर्ने, झुठा वा भ्रमपूर्ण विवरण दिने, कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्ने, कसूरमा मतियार हुने, अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गरेमा तथा ऐनको पालना नगर्ने व्यक्तिलाई नगद जरिवाना वा कैद वा दुबै सजाय (अवस्था अनुसार) हुने व्यवस्था आयकर ऐनले गरेको छ । 

    कुन-कुन कर समयमा नबुझाएमा ब्याज लाग्छ ?

    दाखिला गर्नुपर्ने भनी आन्तरिक राजस्व कार्यालयले गरेको सूचना अनुसारको कर समयमा नबुझाएमा, किस्ताबन्दी कर, अग्रिम कर वा आय विवरणसाथ दाखिला गर्नुपर्ने कर समयमा नबुझाएमा ब्याज लाग्दछ ।

    ब्याजदर कति छ ?

    ब्याजकोदर वार्षिक १५प्रतिशत छ । यसलाई सामान्य ब्याजको दर भनिन्छ ।

    ब्याजकाे हिसाब कुन आधारमा गरिन्छ ?

    कर तिर्नुपर्ने मितिदेखि कर दाखिला गर्न बाँकी रहेको अवधिभरको लागि यस्तो तिर्न बाँकी कर रकममा प्रत्येक महिना र महिनाको भागमा सामान्य ब्याज दरले (१५ प्रतिशत वार्षिकका दरले) ब्याज लाग्दछ । किस्ताबन्दी करको हकमा सम्बन्धित किस्ता बुझाउनु पर्ने मितिबाट आगामी आ.ब.को असोज मसान्तसम्मको अवधिको लागि तिर्न बाँकी कर रकममा सामान्य ब्याज दरले ब्याज लाग्दछ । आय विवरणसाथ दाखिला गर्नुपर्ने कर रकमको हकमा सम्बन्धित आय वर्षपछिको आश्विन मसान्त पश्चात्को कर दाखिला नभएसम्मको अवधिको लागि तिर्न बाँकी रकममा ब्याज लाग्दछ र विवरण दाखिला गर्न म्याद थप पाएको भए पनि यस्तो थप म्यादका लागि ब्याज छूट हुँदैन । यदि करदाताले आयको कम घोषणा गरी कार्यालयबाट थप करको दायित्व सिर्जना भएको अवस्थामा आर्थिक बर्ष समाप्त भएको असोज मसान्त सम्म किस्ता कम बुझाएको हिसाबले व्याज लाग्दछ भने कार्तिक १ देखि कर ढीला बुझाएको हिसाबले व्याजको गणना गरिन्छ ।

    ब्याज र शुल्कको निर्धारण सम्बन्धित आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालयले गर्दछ र सोको सूचना आयकर ऐनको दफा १०२ बमोजिम जारी गरिने सूचनामा संशय वा संशोधित कर निर्धारण आदेशको साथ संलग्न गरी पठाउन सक्दछ । (अर्थ संसार)

    प्रकाशित मिति :माघ ४ २०७८ मंगलवार - १६:२१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij