२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । लोकगायक रामप्रसाद खनाल एकसाथ सात गीत ल्याउने तयारीमा छन् । अमेरिकामा बस्दै आएका खनालले लोकगीत, लोक दोहोरी, भजन, आधुनिक, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक–फरक विधाका गीत ल्याउन लागेका हुन् ।
उनका अनुसार सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये ४ गीतको म्युजिक भिडियो छायांकन पनि सकिएको छ । ‘सबै गीतको भिडियो छिट्टै सक्ने योजना थियो’ खनालले भने ‘बढ्दो कोरोना संक्रमणले ढिलो भयो ।’
खनालको आउन लागेका गीतहरुमा ‘हे कृष्ण हे राम’, ‘तिम्री आमा मेरी आमा’, ‘एउटा ढुकुर उडिगयो’, ‘बग्ने पानीले’, ‘यस्तै छ यहाँको चलन’, ‘बाँकी छ हेर’ र ‘फूल फुलेझैं’ बोलको दोहोरी गीत छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij