Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

बलिउडमा नेपाली कलाकार चलचित्रको मार्केट बढ्दै छ?

बलिउडमा नेपाली कलाकार चलचित्रको मार्केट बढ्दै छ?


  • 5.3K
    Shares

    बलिउडमा नेपाली कलाकार चलचित्रको मार्केट बढ्दै छ?
    images

    काठमाडौँ । भनिन्छ, कला र संगीतको भूगोल हुँदैन। भाषा, सँस्कार फरक भए पनि भावले कला र संगीतकाे सीमा तोक्न दिँदैन। पछिल्लो समय विकास भएका प्रविधिले पनि विश्वलाई नै साँघुरो बनाइसकेको छ। हामी नेपाली भएर थुप्रै देशका चलचित्र हेर्छौँ, सबै भाषा हाम्रीले बुझ्ने हुँदैन तर हाउभाउ र भावभङ्गीले पनि चलचित्र बुझ्ने कसरत गछौँ।

    पछिल्लो समय नेपाली कलाकार र चलचित्रहरु पनि नेपालभन्दा बाहिरका दर्शकसमक्ष पुग्न थालेका छन्। अघिल्लो पुस्ताको कुरा गर्दा अभिनेत्री मनिषा कोइरालाले बलिउडमा विख्यात नाम कमाइन्। अहिलेको नयाँ पुस्ताहरु पनि बलिउडमा आफ्नो नाम बनाउने दौडमा छन्।

    गएको पुस २२ मा दक्षिण भारतीय चलचित्र ‘हिटम्यान’ को टिजर सार्वजनिक भयो। नायिका आँचल शर्मा यो चलचित्रको हिस्सा रहेकी छन्। निर्माण टोलीले यो चलचित्रलाई तेलुगु, हिन्दी र नेपाली भाषामा प्रदर्शन गर्ने बताएका छन्। चलचित्रमा उनको भूमिका के हो भन्ने नखुलाइए पनि आँचलले करियरको लागि नेपालको सीमा नाँघिन्।

    यस्तै बलिउड चलचित्र ‘एनिमल’ मा नायक विपिन कार्की मौखिक रुपमा अनुबन्धित भईसकेका छन्। उनी आगामी अगस्टमा चलचित्र छायाँकनका लागि भारत जाँदैछन्। उनी बलिउडका स्टार कलाकार रणवीर कपूर र अनिल कपूरसँग स्क्रिन शेयर गर्दैछन्।

    यता नायिका स्वस्तिमा खड्काले काम गर्ने भनिएको मलयालम चलचित्र ‘थिरीमालि’ को ट्रेलर सार्वजनिक भईसकेको छ। यो ट्रेलरमा स्वस्तिमालाई ‘आइटम गर्ल’ को रुपमा देखाइएको छ। चलचित्रमा उनी आइटम गर्ल मात्रै हुन् अथवा उनको भूमिका पनि छ, त्यो भने चलचित्र सार्वजनिक भएपछि थाहा होला तर उनले पनि कलाकारिताबाटै नेपाल भन्दा बाहिरको चलचित्रमा काम गरिन्।

    यी तत्कालका उदाहरण भए।

    यो भन्दा पहिला चलचित्र ‘बर्फि’ मा रणवीर कपूरसँग अभिनेता भोला सापकोटाले स्क्रिन सेयर गरे। यस्तै ‘मेरी कोम’ चलचित्रमा नेपालका प्रसिद्ध कलाकार सुनिल थापाले अभिनेत्री प्रियंका चोपडाको गुरुको भूमिका निभाएका थिए।नेपाली कलाकारले मात्र हैन नेपाली चलचित्रले पनि अन्य भाषामा डब भएर आफ्नो व्यापारको क्षेत्र फराकिलो पार्न थालेका छन्। सन्तोष सेनको चलचित्र ‘प्रेम गीत ३’ नेपाली, हिन्दी र अन्य भाषामा एकैसाथ विश्वभर प्रदर्शनको लागि तयार रहेको छ। यस्तै आँचल शर्मा अभिनित ‘हिटम्यान’ ३ भाषामा प्रदर्शन हुने भनिएको छ।

    चलचित्र क्षेत्रका कलाकार मात्र हैन प्राविधिकहरु पनि भारत लगायत विभिन्न देशमा कार्यरत छन्। यसले नेपाली चलचित्र क्षेत्रलाई बिस्तार गर्न तर्फ चालिएको कदमको संकेत गर्छ।

    किनकी नेपालको तेस्रो चलचित्र ‘माइतीघर’ मा अभिनय गर्नको लागि भारतकी प्रसिद्ध कलाकार माला सिन्हा नेपाल लाइएको थियो। तर अहिले नेपाली कलाकारहरु सिमापारी कलाकारिताका लागि गईरहेका छन्।

    पहिला भारतीय हिरोइन् नेपली चलचित्र खेल्न आउँथे, अहिले नेपाली हिरोइन् भारतीय चलचित्रमा सानो भएपनि भूमिका निभाईरहेका छन्।

    प्रकाशित मिति :माघ ४ २०७८ मंगलवार - १२:२२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij