Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भारतमा काेराेना : पछिल्लाे २४ घण्टामा २ लाख ३८ हजार संक्रमित, ३१० काे मृत्यु

भारतमा काेराेना : पछिल्लाे २४ घण्टामा २ लाख ३८ हजार संक्रमित, ३१० काे मृत्यु


  • 2.6K
    Shares

    भारतमा काेराेना :  पछिल्लाे २४ घण्टामा २ लाख ३८ हजार संक्रमित, ३१० काे मृत्यु
    images

    भारत । भारतमा पछिल्लाे २४ घन्टामा दुई लाख ३८ हजार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ३१० जना संक्रमितले ज्यान गुमाएका छन् । यही अवधिमा एक लाख ५७ हजार ४२१ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या १७ लाख ३६ हजार ६२८ रहेको छ ।

    काेराेना भाइरसबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र, कर्नाटक, तमिलनाडू, दिल्ली र पश्चिम बंगाल राज्य रहेका छन् । 

    भारतमा ओमिक्राेन भेरियन्टबाट संक्रमित हुनेकाे संख्या ८ हजार ८९१ पुगेकाे छ।

    जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ७३ लाख ८० हजार २५३ पुगेको छ भने हालसम्म चार लाख ८६ हजार ४५१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

    भारतमा ४८.०१ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाएका छन् ।

    प्रकाशित मिति :माघ ४ २०७८ मंगलवार - ११:५२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij