२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं । सेवाग्राहीबाट घुस लिएको आरोपमा सव इन्जिनियर सुरेन्द्र अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो ।
उनी तनहुँ जिल्लाको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईमा कार्यरत थिए ।
आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अधिकारीलाई पक्राउ गरेको बताइएको छ ।
सव इन्जिनियर अधिकारीलाई भानु नगरपालिका वडा नं-२ बाट नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij