Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

कर्मचारीको भन्दा शिक्षकको तबल १० प्रतिशत बढी हुनुपर्ने माग गर्दै मुख्यमन्त्री राईलाई बुझाए यस्तो ज्ञापनपत्र

कर्मचारीको भन्दा शिक्षकको तबल १० प्रतिशत बढी हुनुपर्ने माग गर्दै मुख्यमन्त्री राईलाई बुझाए यस्तो ज्ञापनपत्र


  • 16.1K
    Shares

    • images
    कर्मचारीको भन्दा शिक्षकको तबल १० प्रतिशत बढी हुनुपर्ने माग गर्दै मुख्यमन्त्री राईलाई बुझाए यस्तो ज्ञापनपत्र
    images

    प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन १ नम्बर प्रदेश समितिले आज विभिन्न माग राखी प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएको छ ।

    संगठनका प्रदेश अध्यक्ष कमलप्रसाद तिम्सिना, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज हिक्मतबहादुर बस्नेतसहितको टोलीले १३ सूत्रीय माग राखी ज्ञापन पत्र बुझाएको हो ।

    ज्ञापन पत्रमा प्रदेश नं. १ को शिक्षा ऐनसँगै नियमावली तुरुन्त जारी गर्नुपर्ने माग गरिएको छ । विद्यालयमा पढ्ने बालबालिकालाई खोपको सुनिश्चितता गर्नुपर्ने र स्वास्थ्यको मापदण्ड अपनाइ विद्यालय सञ्चालन गर्ने वातावरण तयार गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

    प्रदेशमा न्यूनतम बेतनमा कार्यरत बाल विकास शिक्षक, विद्यालय कर्मचारीहरूको समस्या समाधानका लागि विद्यालयमा दरबन्दी कायम गरी स्थायित्वको प्रबन्ध गर्न पनि माग गरिएको छ । उमेरको हद नाघेका राहत शिक्षकलाई शिक्षा सेवा आयोगको परीक्षामा सहभागी गराउनुपर्ने पनि माग गरिएको छ ।

    ज्ञापन पत्रमा शिक्षा सेवा मर्यादित बनाउन कर्मचारीको भन्दा शिक्षकको तलब १० प्रतिशत बढी हुनुपर्ने, प्रदेश १ को कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा खर्चनुपर्ने लगायतका माग उल्लेख छ ।

    प्रकाशित मिति :माघ ४ २०७८ मंगलवार - ११:३१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij