२०८२ मंसिर ६ गते शनिवार
उदयपुर। उदयपुरमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
कटारी नगरपालिका-४ स्थित सिद्दीचरण राजमार्गमा सोमबार बोलेरो गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कटारी-८ का ३८ वर्षीय विक्रम राना मगरको मृत्यु भएको हो ।हिजो बेलुका ५ बजे कटारीबाट मरुवातर्फ जाँदै गरेको बा. १० च ४१८८ नम्बरको बोलेरो गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । सो दुर्घटनामा गाडीमा सवार रहेका ६ जना घाइते भएका थिए ।
घाइते सबैको कटारी अस्पतालमा उपचार भइरहेकोमा मगरको उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालक कटारी-८ का प्रेमबहादुर श्रेष्ठ तत्काल फरार रहेकोले खोजतलास तथा दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको छ ।
यस्तै, अन्य घाइतेमा कटारी मरुवाका ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षका चन्द्र श्रेष्ठ, गीता श्रेष्ठ, पाँच वर्षीय बालक मनोज खड्का, कटारी पटना भञ्ज्याङका ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया बेदकुमारी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij