Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

२०.६९ अंकले बढ्यो नेप्से: आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनको शेयरमूल्य कतिले बढ्यो ?

२०.६९ अंकले बढ्यो नेप्से: आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनको शेयरमूल्य कतिले बढ्यो ?


  • 5.4K
    Shares

    २०.६९ अंकले बढ्यो नेप्से: आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनको शेयरमूल्य कतिले बढ्यो ?
    images

    नेपाली सेयर बजारको उकालो यात्राले आज पनि निरन्तरता पाएको छ । आइतबार ६९ अंकले बढेको सेयर बजारले आज पनि बढोत्तरीको यात्रालाई कायम गरेको हो।

    आज सेयर कारोबार मापक नेप्से परिसूचक २०.६९ अंकले बढेर २९४७.३८ बिन्दुमा पुगेको छ । आज नेप्से ०.७१ प्रतिशतले बढेको हो ।

    यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३.७० अंकले बढेर ५४६.३३ बिन्दुमा पुगेको छ ।

    यस दिन २२४ कम्पनीको एक करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आज कुल १३ उपसमूहमा ८ वटा उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ५ वटा समूहको सेयर मूल्य घटेको हो । यस दिन हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

    आज मध्यभोटेकोशी जलविद्युत कम्पनी, सनराइज ब्लुचिप फण्ड, सिंगटी हाइड्रो इनर्जी, सीईडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआरएन इन्फ्रास्टक्चरलगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

    अरुण भ्याली हाइड्रोपावर, अपि पावर कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर, नेपाल टेलिकम, शिवम् सिमेन्ट लगायत कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

    यस्तै, सनराइज बिल्युचिप फण्ड,सिंगटी हाइड्रो इनर्जी र सिइडिबि हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन् ।

     यसैगरी, अन्य कुनको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?

    00rffffffffffff.jpg

    प्रकाशित मिति :माघ ३ २०७८ सोमवार - १६:०७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij