Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

दाङका विकाश पुन ४९ लाख ठगी आरोपमा पक्राउ

दाङका विकाश पुन ४९ लाख ठगी आरोपमा पक्राउ


  • 3.0K
    Shares

    दाङका विकाश पुन ४९ लाख ठगी आरोपमा  पक्राउ
    images

    दाङ । दाङका विकाश पुन ठगी मुद्दामा काठमाडौंबाट पक्राउ परेका छन् । सोमबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पुनलाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिएको छ ।

    पुनलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाका लागि काठमाडौंबाट दाङ ल्याइने भएको छ ।कपिलबस्तु जिल्लाको बाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको आरोपसहित दाङको घोराही १४ निवासी ४० वर्षीय पुनविरुद्ध पुस महिनामा जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।

    थापाले राप्ती नदीमा बालुवा, गिट्टीको काम गर्दा आफूले दिएको रकम फिर्ता नगरी भागेको जाहेरीमा उल्लेख गरेका छन् । थापाले गत वैशाख २६ गते पुन आफ्नो कपिलबस्तुस्थित घरमै पुगेर सापटी स्वरुप उक्त रकम लिएको थापाको जाहेरीमा उल्लेख छ । देउखुरीको गढवा गाउँपालिकास्थित राप्ती नदीबाट बालुवा गिट्टीको काम गर्न लागेको र त्यसबाट मनग्य आमदानी हुन्छ भनेर पुनले पैसा सापटी लगेको भएपनि अहिलेसम्म फिर्ता नगरेको तथा सम्पर्क बिहीन भएको थापाको जाहेरीमा उल्लेख छ ।

    पुनविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगतको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ । दाङ देउखुरी जिल्ला अदालतले पुनलाई ५ वर्ष कैदको फैसला सुनाएपछि उनले सर्वोच्चमा अपिल गरेका थिए । पुन केही वर्ष यता राप्ती नदीबाट बालुवा गिट्टी उत्खनन् तथा निकासीको काम गर्दै आएका छन् ।

     

    प्रकाशित मिति :माघ ३ २०७८ सोमवार - १३:५६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij