Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

पाँच कम्पनीले नियुक्त गरे लेखापरीक्षक, कुनको को ?

पाँच कम्पनीले नियुक्त गरे लेखापरीक्षक, कुनको को ?


  • 3.7K
    Shares

    पाँच कम्पनीले नियुक्त गरे लेखापरीक्षक, कुनको को ?
    images

    विभिन्न पाँच कम्पनीले लेखापरीक्षक नियुक्त गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेका हुन् । लेखापरीक्षक नियुक्त गर्नेमा सानिमा जनरल इन्स्योरेन्स कम्पनी, सनराईज बैंक लिमिटेड, समृद्धि फाइनान्स, विजय लघुवित्त र खानीखोला हाइड्रोपावर रहेका छन् । 

    १. सानिमा जनरल इन्स्योरेन्स
    सानिमा जनरल इन्स्योरेन्सको पुष ३० गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट चालु आवको लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षकमा सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ ।

    १. सनराईज बैंक
    सनराईज बैंकले पुष १५ मा सम्पन्न भएको चौधौं वार्षिक साधारण सभाबाट चालु आवको लागि लेखापरीक्षकमा जिपी राजबाहक एण्ड कम्पनी, नक्साल काठमाडौंलाई नियुक्त गरेको छ ।

    ३. समृद्धि फाइनान्स
    समृद्धि फाइनान्सले पुष ३० मा सम्पन्न बिसौं वार्षिक साधारण सभाबाट लेखापरीक्षकमा एचडिएसडि चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ ।

    ४. बिजय लघुवित्त
    बिजय लघुवित्तले पुष २४ मा सम्पन्न नवौं वार्षिक साधारण सभाबाट चालु आवको लागि बाह्य लेखापरीक्षकमा विदुर एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्सका सिए विदुर लुईटेललाई नियुक्त गरेको छ ।

    ५. खानीखोला हाइड्रोपावर
    खानीखोला हाइड्रोपावरले पुष ३० मा सम्पन्न सातौं, आठौं र नवौं वार्षिक साधारण सभाले चालु आवको लागि लेखापरीक्षकमा के एण्ड डि एसोसियट्सलाई नियुक्त गरेको छ ।

    प्रकाशित मिति :माघ ३ २०७८ सोमवार - १३:५२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij