२०८२ भाद्र २ गते सोमवार
बेलायतमा एकैदिन एक हजार ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जुन अप्रिलपछिको सबैभन्दा ठूलो दैनिक मृत्यु रेकर्ड रहेको बताइएको छ । ठूलो स्तरमा कोरोना परीक्षण सञ्चालन गरिएदेखि एकदिनमै ६२ हजार बढी नयाँ संक्रमण फेला परेको छ ।
यसबारेमा स्वास्थ्यसचिव म्याट हेनककले बढ्दो नयाँ संक्रमण दरका कारण डाक्टरहरु उपचार विधिमा सम्झौता गर्न बाध्य हुनुपर्ने अवस्था आएको बताएका छन् । यसमा विशेषगरी अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या गत अप्रिलमा कोरोना उच्च विन्दुमा हुँदाको तुलनामा अहिले ३९ प्रतिशतले वृद्धि भएको पनि उनले बताए ।
त्यसैगरी, कोरोना पोजेटिभ भएको २८ दिनभित्रमा मृत्यु हुने बिरामीको सङ्ख्या पनि पहिलेभन्दा बढी रहेको बताइएको छ । यसमा विज्ञहरुले अहिलेको बढ्दो दैनिक मृत्युदर र अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या चिन्ताजनक भएको बताइरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij