Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सिंहदरबारमा कोरोना : ४ सचिवसहित १०० जनाभन्दा बढी कर्मचारीहरुमा संक्रमण पुष्टि

सिंहदरबारमा कोरोना : ४ सचिवसहित १०० जनाभन्दा बढी कर्मचारीहरुमा संक्रमण पुष्टि


  • 2.8K
    Shares

    सिंहदरबारमा कोरोना : ४ सचिवसहित १०० जनाभन्दा बढी कर्मचारीहरुमा संक्रमण पुष्टि
    images

    काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरसको तेस्रो लहरको आक्रमणमा परेको छ ।

    चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको छ । संक्रमित हुनेमा प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिव हुन् ।

    प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए । थपलिया कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)का प्रमुख पनि हुन् । उनलाई संक्रमण भएपछि सिसिएमसिसीको बैठक नै बस्न सकेको छैन ।

    त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ। संक्रमित सबै सचिवहरू होमआइसोलेसनमा छन् ।

    सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले पीसीआर परीक्षण गरिरहेको छ । प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ । तर, सिंहदरबारभित्र कति कर्मचारी संक्रमित भए भनेर एकीकृत तथ्यांक छैन।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार संक्रमित कर्मचारीलाई कोभिड काज बिदा दिने गरिएको छ । यो बिदा बढीमा १४ दिन हुन्छ ।

     

    प्रकाशित मिति :माघ ३ २०७८ सोमवार - १०:४१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij