काठमाडौँ । अस्पतालको प्रयोगशालाका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि पीसीआर परीक्षण बन्द गरिएको छ । पूर्वी नवलपरासीको नवलपुरस्थित मध्यविन्दु जिल्ला अस्पतालमा पीसीआर परीक्षण बन्द भएको हो।
यहाँको प्रयोगशालामा कार्यरत दुई कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि पीसीआर परीक्षण बन्द भएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो ।
सुवेदीका अनुसार अस्पतालको पीसीआर प्रयोगशालामा ६ जना कर्मचारी कार्यरत थिए । तीन जनाको पुस मसान्तमा करार अवधि सकिएपछि अहिले तीन जना मात्रै बाँकी थिए । ३ जनामा २ जनालाई कोरोना संक्रमण देखिएपछि पीसीआर परीक्षण नै बन्द गरिएको छ ।
एम जनाले पीसीआर परीक्षण गर्न सक्ने अवस्था नभएको र परीक्षण सुचारु गर्न प्रयोगशालाका लागि कर्मचारी माग गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।
पीसीआर परीक्षण बन्द रहे पनि एन्टिजेन परीक्षण भने नियमित छ । पछिल्ला दिनमा पीसीआर परीक्षण गर्नेको चाप बढिरहेको थियो ।
