२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको स्वाब परीक्षण गर्दा ४ हजार ९६१ जनामा कोरोना देखिएको हो। शनिबार १४ हजार ५५६ जनाको स्वाब परीक्षण गर्दा ४ हजार ६३६ जनामा कोरोना देखिएको थियो।
आज संक्रमण पुष्टि भएकामध्ये १२ हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५३४ जनामा र २ हजार ५६९ जनाको एन्टिजन परीक्षण गर्दा ४२७ जनाको कोरोना देखिएको हो।
त्यस्तै, कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ६२० पुगेको छ।
पछिल्लो २४ घण्टामा ४३५ जना निको भएका छन्। निको हुनेको संख्या बढ्न नसक्दा सक्रिय संक्रमित बढ्दै गएका छन्। अहिले देशभर २५ हजार ६८० जना सक्रिय संक्रमित रहेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij