Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भक्तपुरमा तीन तले घरबाट खसेर एक किशोरको मृत्यु

भक्तपुरमा तीन तले घरबाट खसेर एक किशोरको मृत्यु


  • 3.1K
    Shares

    भक्तपुरमा तीन तले घरबाट खसेर एक किशोरको मृत्यु
    images

    भक्तपुर। भक्तपुरमा तीन तले घरबाट खस्दा एक किशोरको मृत्यु भएको छ। 

    आइतबार मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली आँखा अस्पतालस्थित बस्ने १६ वर्षीय सौरभ महतो पञ्जियाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। 

    धनुषा जनकपुर उपमहानगरपालिका-६ घर भई लोकन्थलीमा बस्दै आएका अनुपमका छोरा सौरभ आइतबार बिहान करिब ३ बजे घरको तीन तलाबाट खसेका थिए।

    उनलाई उपचारको लागि समिट अस्पताल लोकन्थली लगिएको थियो। त्यहाँ उपचारको क्रममा बिहान ४ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।

    घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।

    प्रकाशित मिति :माघ २ २०७८ आइतवार - १६:०४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij