Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

निजामती कर्मचारी युनियनको आठौं महाधिवेशन स्थगित

निजामती कर्मचारी युनियनको आठौं महाधिवेशन स्थगित


  • 4.0K
    Shares

    निजामती कर्मचारी युनियनको आठौं महाधिवेशन स्थगित
    images

    काठमाडौँ । भर्चुअल माध्यमबाट शनिवार बसेको केन्द्रीय समितिको बैठकले नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशन स्थागित गरिएको छ। केन्द्रीय समितिको बैठकले माघको ८ देखि १० गतेसम्म काठमाडौंमा तय महाधिवेशन माघ मसान्तसम्म स्थागित गर्ने निर्णय गरेको संघले जनायो।

    कोरोना महामारी ह्वातै बढेकाले युनियनले आफ्नो महाधिवेशन माघ मसान्तसम्म स्थागित गरेको हो । युनियनको बर्तमान कार्यसमितिको म्याद चैत्रसम्म छ । नेपाल निजामती कर्मचारी युनियन निजामती सेवा एन बमोजिमको दफा ५३ को ब्यबस्थाले ट्रेड युनियन अधिकार प्रयोग गर्ने संस्था भएको बताउदै उपमहासचिव दुर्गा फुँयालले आफुहरुले सरकारले भनेको मानेको र संस्थाको आठौं महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भईसकेकोले संस्थाको बैधानिकतामा प्रश्न नआउने बताए ।

    उनले भने–‘हामी कर्मचारीले नागरिकको जीउधनको र देशको समस्यामा आफ्नो समस्यालाई अग्राधिकार दिने होइन, सहज बाताबरण निर्माण भए पश्चात् हामी जुनसुकै विधि अपनाएर पनि महाधिवेशन सम्पन्न गर्नेछौं।’ उनले महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अबस्थामा मुलुक जटिल सक्रमण रोगको चपेटामा च्यापिएको अवस्थामा भएको बताउदै महाधिवेशनलाई बिधानतः सम्पन्न गर्न छिटो नै निधो केन्द्रीय समिति बैठकले गरेको बताए ।

    प्रकाशित मिति :माघ २ २०७८ आइतवार - १५:०८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij