Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

त्रिविले लिने गरेका परीक्षा नरोकिने

त्रिविले लिने गरेका परीक्षा नरोकिने


  • 3.1K
    Shares

    • images
    त्रिविले लिने गरेका परीक्षा नरोकिने
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले लिने गरेका परीक्षा निर्वाध सञ्चालन हुने भएको छ । कोरोना भाइरस संक्रमणको तेस्रो लहरको जोखिम बढेसँगै सरकारले विद्यालय बन्द गरिसकेको छ । सिनेमा हल, जिमखाना, पार्टी, भोज, जमघट हुने सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाइ गरेको छ । 
     
    त्रिविमा हाल जाडो बिदाले विश्वविद्यालय बन्द भए पनि परीक्षा भने चलिरहेकै छ । तर, कोभिडको नयाँ भेरियन्ट ओमिक्रनको संक्रमित बढ्दै गएपछि त्रिविले सञ्चालन गर्ने परीक्षा के होला भन्ने विद्यार्थी र अभिभावकमा चासो छ ।

    विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सरकारले रोक्न निर्देशन नदिएसम्म परीक्षा सञ्चालन हुने जानकरी दिए । उनी भन्छन्, “तीनवटा सेन्टर चाहिएको ठाउँमा छवटा सेन्टरमा विद्यार्थी राखेका छौँ । स्वास्थ्य सुरक्षालाई ध्यान दिएका छौँ । अन्तिम अवस्थामा सरकारले रोक नभनेसम्म रोक्दैनौँ ।”

    त्रिविको तालिकाअनुसार यो महिनाभर परीक्षा हुनेछ । त्रिविले सञ्चालन गरेको परीक्षा ४ माघमा सकिँदैछ भने माघ (५–१९) सम्म विज्ञान संकायको परीक्षाको तालिका सार्वजनिक भइसकेको छ । १० माघमा एलएलबीको परीक्षा हुनेछ । 

    प्रकाशित मिति :माघ २ २०७८ आइतवार - १४:४१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij