२०८२ मंसिर ६ गते शनिवार
सिरहा । गोलबजार नगरपालिका ६ दोहटियाबाट ५ सय रुपैयाँ दरको २ थान नक्कली जस्तो देखिने नोट सहित भारत बेल्ही परवाली बस्ने २८ वर्षीय राहुल कुमार यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij