जापानमा ओमीक्रोन संक्रमितको पहिलोपटक मृत्यु भएको छ । मंगलबार एक वृद्धाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
मृत्यु हुने वृद्धाले कोरोना भाइरसविरुद्ध दुई मात्रा खोप लगाएइसकेको पनि उल्लेख गरिएको छ ।
मृतक वृद्धा दीर्घरोगी रहेको र कोरोना संक्रमण भएपछि उनमा गम्भीर समस्या भएको थियो । कोरोना संक्रमित परिवारसँगको सम्पर्कपछि उनमा संक्रमण पुष्टि भएको थियो । उनलाई जनवरीको पहिलो सातामै अस्पताल भर्ना गरिएको पनि जनाइएको छ ।
दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको ओमीक्रोन भेरियन्टका कारण लाखौँ मानिस संक्रमित भइसकेका छन् । अन्य भेरियन्टभन्दा कयौँ गुणा संक्रामक रहेको ओमीक्रोन हाल विश्वका धेरैजसो मुलुकमा फैलिसकेको छ ।
