२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजमा प्राविधिक समस्या भएपछि पुनः काठमाडौं फर्काइएको छ।
बिहान १० बजेको उडानबाट पोखराका लागि प्रस्थान गरेको उक्त जहाजमा उडेको केही समयपछि प्राविधिक समस्या आएपछि तत्कालै जहाजलाई काठमाडौं फर्काइएको गुण एयरलाइन्सकी निक्की अवालेले सेतोपाटीलाई जानकारी दिइन्।
‘उडेको केही समयमै जहाजमा प्राविधिक समस्या आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको छ, उनले भनिन्, ‘कस्तो खालको प्राविधिक गडबडी हो भन्ने कुरा जाँच पछि थाहा होला।’
सो जहाजमा प्राविधिक समस्या देखिएपछि गुणकै अर्को जहाजमा ती यात्रुहरुलाई पोखरा पठाउने तयारी गरेको अवालेले जानकारी दिइन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij