Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सुर्खेतमा कोइला बालेर सुतेको एकै परिवारका ४ जनाको निस्सासिएर मृत्यु

सुर्खेतमा कोइला बालेर सुतेको एकै परिवारका ४ जनाको निस्सासिएर मृत्यु


  • 4.3K
    Shares

    सुर्खेतमा कोइला बालेर सुतेको एकै परिवारका ४ जनाको निस्सासिएर मृत्यु
    images

    सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट शनिबार घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

    शनिबार बेलुका सूचना पाउने वित्तिकै त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।

    प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार मृतक कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन सकेको छैन ।

    प्रकाशित मिति :माघ २ २०७८ आइतवार - १२:२८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij