Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

गुल्मीमा ३ दिन लगातार एकै ठाउँमा सवारी साधन दुर्घटना

गुल्मीमा ३ दिन लगातार एकै ठाउँमा सवारी साधन दुर्घटना


  • 3.3K
    Shares

    गुल्मीमा ३ दिन लगातार एकै ठाउँमा सवारी साधन दुर्घटना
    images

    गुल्मी । गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारी साधन दुर्घटनामा परेका छन् ।

    गुल्मीदरबार गाउँपालिकाको बडानम्ब-३ गौडाकोट म्यालपोखरीस्थित तम्घास रिडी सडकअन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परेका हुन् ।

    शुक्रबार ग१च ७५४७ नम्बरको बोलेरो जिप पल्टिएको थियो । त्यसको भोलिपल्ट शनिबार तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग१ज ५२८० नम्बरको कार पनि त्यही दुर्घटना भयो । आइतवार पनि लु२ख २९८१ नम्बरको टिपर त्यही ठाउँमा दुर्घटनामा परेको छ ।

    तीन दिनमा एकै ठाउँमा तीनवटा सवारी साधन दुर्घटना भए पनि मानवीय क्षती भने नभएको ट्राफिक प्रहरी जवान विजयकुमार यादवले जानकारी दिए ।

    शीतले सडक चिप्लो भएको र मोड भएको कारण दुर्घटना भएको हो ।

    प्रकाशित मिति :माघ २ २०७८ आइतवार - १२:२२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij