Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नेपाल धितोपत्र बोर्ड अध्यक्षको छनोट तथा सिफारिस कार्यविधि मन्त्रालयको वेबसाइटबाट गायब पारिए

नेपाल धितोपत्र बोर्ड अध्यक्षको छनोट तथा सिफारिस कार्यविधि मन्त्रालयको वेबसाइटबाट गायब पारिए


  • 3.7K
    Shares

    नेपाल धितोपत्र बोर्ड अध्यक्षको छनोट तथा सिफारिस कार्यविधि मन्त्रालयको वेबसाइटबाट गायब पारिए
    images

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षको छनोट तथा सिफारिस कार्यविधि अर्थ मन्त्रालयको वेबसाइटबाट गायब पारिएको छ ।

    धितोपत्र बोर्डको अध्यक्ष  सिफारिस समितिले  मन्त्रालयको  वेबसाइटमा राखेको  कार्यविधि हटाएको हो ।

    समितिले कार्यविधिमा सम्बन्धित क्षेत्रको कार्यअनुभवलाई आफुखुसी व्याख्या गरेको भन्दै चौतर्फी आलोचना भएपछि समितिले  अर्थ मन्त्रालयको वेबसाटमा रहेको कार्यविधि नै  हटाएको हो । 

    मन्त्रालयको वेबसाइटमा पहिलोपटक प्रकाशित कार्यविधिमा सम्बन्धित क्षेत्रको  कार्यअनुभवको लागि व्यवस्थापकीय तहको मात्रै भनेर उल्लेख गरिएको थियो । तर,  अध्यक्षको लागि आवेदन दिने अन्तिम दिन पुस २९ गते भए पनि पुस २८ गते समितिले  कार्यविधिमा सम्बन्धित क्षेत्रको कार्यअनुभवको व्यवस्थापकीय तहको मात्रैलाई थप व्याख्या गरेर नयाँ कार्यविधि अर्थ मन्त्रालयको वेबसाइटमा राखेको थियो । 

    “व्यवस्थापकीय तहको अनुभव भन्नाले नेपाल सरकार एवम् अन्य संगठित संस्थाको  प्रथम श्रेणी वा सोभन्दा माथिको तह (पद)को कार्यानुभवलाई लिइनेछ,” कार्यविधिमा भनिएको थियो ।

    यसरी अन्तिम समयमा आएर सिफारिस समितिले  बोर्डको  अध्यक्ष  नियुक्ती प्रक्रियामा चलखेल गर्न खोजेको भन्दै चौतर्फी आलोचना भएको थियो । हाल मन्त्रालयको वेबसाइटमा अध्यक्षको छनोट तथा सिफारिस कार्यविधि छैन ।

     

    प्रकाशित मिति :माघ २ २०७८ आइतवार - ११:५७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij