Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कोरोना सङ्क्रमण तीब्र गतिमा वृद्धि हुन थालेपछि पठनपाठन बन्द गर्ने त्रिविको निर्णय

कोरोना सङ्क्रमण तीब्र गतिमा वृद्धि हुन थालेपछि पठनपाठन बन्द गर्ने त्रिविको निर्णय


  • 3.1K
    Shares

    कोरोना सङ्क्रमण तीब्र गतिमा वृद्धि हुन थालेपछि पठनपाठन बन्द गर्ने त्रिविको निर्णय
    images

    काठमाण्डौ। कोभिड १९ को संक्रमण तीब्र गतिमा वृद्धि हुन थालेपछि सम्भावित जोखिमको नियन्त्रणका लागि त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म पढाइ बन्द गर्ने निर्णय गरेको छ । विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण विभाग र आंगिक क्याम्पसलाई माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

    विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे बिदाबाट कट्टा गर्ने गरी माघ १० गतेसम्म बिदा दिने निर्णय भएको विश्वविद्यालयले जनाएको छ । त्यसैगरी निकटमै परीक्षा हुने भई पठनपाठन अनिवार्य देखिएका कार्यक्रमहरुको कक्षा अनलाइन माध्यमबाट विदाका दिनमा समेत यथावत सञ्चालन गर्न भनिएको छ ।

    चलिरहेको परीक्षा भने यथावत् सञ्चालन हुने जनाएको छ । परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दुरी कायम गरी सञ्चालन गर्ने व्यावस्था गर्न आग्रह गरिएको छ ।

    स्थानीय निकायसँग समन्वय गरी भौतिक उपस्थितिमा कक्षा लिन सकिने अवस्था भएमा साही अनुसार गर्ने र नसक्ने भएमा अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ । यस्तै प्रयोगात्मक कक्षाहरु भने संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानि अपनाउँदै तोकिएको भौतिक दुरी कायम गरी सञ्चालन गर्न भनिएको छ ।

    त्रिभुवन विश्वविद्यालयमा कार्यरत कुनै शिक्षक, कर्मचारीलाई कोरोना भाइरसको सङक्रमण भएमा १० दिन बिदा दिने र सम्बन्धित शाखा ३ दिन बन्द गर्ने निर्णय भएको जनाएको छ ।

    प्रकाशित मिति :माघ २ २०७८ आइतवार - ११:१४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij