२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं। काठमाडौंको कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक जना घाइते भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा रुकुमपूर्व घर भई काठमाडौंको मनमैजु बस्ने २१ वर्षीय संगीत बुढामगर रहेका छन्। बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा शनिबार बेलुकी पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
स्वयम्भूतर्फ जाँदै गरेको बा६ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई शनिबार बेलुकी सवा ७ बजे कलंकीमा ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक रुकुमपूर्व घर भई काठमाडौंको बसन्तपुर बस्ने २३ वर्षीय विवित बुढामगर घाइते भएका छन्। उनको पनि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij