Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आजबाट अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई बुस्टर डोज खोप, क-कसले पाउँछन् ?

आजबाट अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई बुस्टर डोज खोप, क-कसले पाउँछन् ?


  • 4.5K
    Shares

    आजबाट अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई बुस्टर डोज खोप, क-कसले पाउँछन् ?
    images

    काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रम अन्तर्गत आजबाट बुस्टर डोज दिने भएको छ । अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई आजबाट बुस्टर डोज खोप दिने भएको हो । 

    ६० वर्ष तथा सो उमेरमाथिका नागरिकलाई पनि बुस्टर डोज दिइने भएको छ । ६० वर्ष तथा सो भन्दामाथि उमेर समूहका नागरिकलाई भने माघ १४ गतेबाट खोप दिइने छ ।

    स्वास्थ्य सेवा विभागका अनुसार दुबै मात्रा खोप लगाएको ६ महिना भएकाे हुनु पर्नेछ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो बुस्टर डोजमा पनि त्यही खोप दिइनेछ । स्वास्थ सेवा विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयलाई नागरिकलाई बुस्टर डोज दिन निर्देशन दिइसकेको छ । सरकारले आजदेखि कोरोना विरुद्धको बुस्टर मात्रा खोप लगाउन सुरु गर्दैछ । 

    स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरू​लाई सरकारले बुस्टर डोज खोप दिइनेछ ।

    साथै सक्रिय क्यान्सर बिरामीहरु, अंग प्रत्यारोपण गरेका बिरामीहरु, एचआइभी भएका बिरामीहरु, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि खाइरहेका बिरामीहरुले पनि बुस्टर मात्रा खोप पाउनेछन् । खोप लगाउन जाँदा पहिला लगाएको खोप कार्ड लिएर जानपर्नेछ । 

    बुस्टर मात्रा खोप लगाउन परिवार कल्याण महाशाखाले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको छ । 

    c6e12b108cbd14e9cbd5d3c237dda99a.jpg

    प्रकाशित मिति :माघ २ २०७८ आइतवार - १०:२२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij