२०८२ मंसिर ६ गते शनिवार
कैलाली। धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा धनगढी उपमहानगरपालिका– १७ की ४० बर्षीया ऐतवारी रानाको मृत्यु भएको हो।
शनिबार साँझ धनगढी उपमहानगरपालिका – १६ पथरी स्थित गोकंनरी खोलामा स्थानीय राजेश रानाले चलाएको सु प प्र ०१ ००९ प ५९७९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार उक्त मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिदा मोटरसाइकलमा पछाडी सवार ऐतवारी पुलबाट खोलामा खसेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij