Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

संसद विघटनविरुद्ध मुद्धा : संवैधानिक इजलासबाट बाहिरिए न्यायाधीश कार्की, अर्को सुनुवाइ पुस २९ गते

संसद विघटनविरुद्ध मुद्धा : संवैधानिक इजलासबाट बाहिरिए न्यायाधीश कार्की, अर्को सुनुवाइ पुस २९ गते


  • 7.8K
    Shares

    संसद विघटनविरुद्ध मुद्धा : संवैधानिक इजलासबाट बाहिरिए न्यायाधीश कार्की, अर्को सुनुवाइ पुस २९ गते

    काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा कानुन व्यवसायीहरुको विरोधपछि न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा नबस्ने भएका छन्। त्यस्तै आजको संवैधानिक इजलास अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा कानुनी सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागितामाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्की संवैधानिक इजलासमा नबस्ने भएका हुन्।

    बृहत पूर्ण इजलासले संवैधानिक इजलासले भन्दा राम्ररी निर्णय गर्न सक्ने भन्दै वकिलहरुले पूर्ण इजलासमा पठाउनुपर्ने माग राखेका थिए । आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले उक्त मुद्धाहरु बृहत पूर्ण इजलासमा पठाउन निवेदन पेस गरेका थिए।

    रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतको जनआस्था खल्बलिने अवस्था सिर्जना हुने भन्दै न्यायाधीश कार्कीलाई संवैधानिक इजलासमा राख्न नहुने बताएका थिए।

     

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - १६:२३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij