२०८२ मंसिर ६ गते शनिवार
बुटवल । बुटवलको एक डान्स क्लबमा आगलागी भएको छ। मिलनचोकको सिद्धार्थ कटेज नजिकै प्लान बि डान्स क्लबमा आगलागी भएको हो।
रुपन्देहीका सबै पालिकाको दमकलको सहायताले आगो नियन्त्रणको प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए।
रुपन्देहीका सबै दमकल प्रयोग भएका छन्। अहिले नियन्त्रणमा आउन लागेको छ। भित्रको स्ट्रक्चर त जलेर नष्ट भएको छ। निकाल्न सक्ने सामान फ्रिज, साउण्ड सिस्टमहरु केही निकालेका छौं’ उनले भने।
आगलागीको कारण खुल्न सकेको छैन। उक्त डान्स क्लब शनिवारदेखि सञ्चालनमा आउने तयारी थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij