Logo

२०७८ माघ १४ गते शुक्रवार

images

थापापछि नेपाल प्रहरीको आईजीपीमा कसको नियुक्ती होला ?

थापापछि नेपाल प्रहरीको आईजीपीमा कसको नियुक्ती होला ?

खबर सेन्टर डेस्क

३० पौष २०७८
  • 708
    SHARES
  • images
    images
    थापापछि नेपाल प्रहरीको आईजीपीमा कसको नियुक्ती होला  ?
    images
    images

    काठमाडौं । अन्य सुरक्षा निकायभन्दा नेपाल प्रहरीको प्रमुख (आईजीपी)को बन्छ भन्ने चासो बढी हुने गरेको छ । खासगरी सत्तारुढ दल त्यसमाथि पनि प्रधानमन्त्रीले नै चाहेको व्यक्ति आईजीपी बन्ने सम्भावना बढी रहने गरेको स्वयं उच्च सुरक्षा अधिकारहरु नै बताउँदै आएका छन् । 

    images
    images
    images

    नेपालामा शक्तिमा पुग्दा जोकोहीले पनि प्रहरीलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्दै आएको चर्चा बेलाबेला हुने गरेको छ । शान्ती, सुरक्षा कायम र कानुनको प्रभावकारी कार्यान्वयन गराउने मुख्य निकायमध्येको एक प्रहरी संगठनमा बहालवाला आईजीपीको कार्यकाल सकिन तीन महिना बाँकी छँदै भावी आईजीपीमा कसले बाजि मार्ला भन्ने संगठनभित्र र बाहिर सुरु भइसकेको छ ।

    बहालवाला आईजीपी शैलेश थापा क्षेत्रीले ०७९ वैशाख १९ मा अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीले पनि अवकाश पाउनेछन् । त्यसबाहेक आईजीकै ब्याची डीआईजीहरु, एसएसपी सबै एकै मितिमा ३० वर्षे सेवाहदका कारण अवकाश पाउनेछन् । अहिले प्रहरीमा प्रशासनतर्फ पाँचजना एआईजी छन् । तीनजना आईजीकै ब्याची हुन भने विश्वराज पोखरेल र सहकुल थापा जुनयर ब्याची हुन् ।

    अहिलेकै अवस्थामा शैलेश थापा क्षेत्री अवकाशमा गएसँगै पोखरेल वा थापामध्ये एकजना आईजीपी बन्ने सम्भावना छ ।उनीहरुमध्ये प्रधानमन्त्रीको निकट जो रहन्छ आईजीपीमा उसैको पल्ला भारी रहने देखिन्छ । अहिले प्रधानमन्त्री र गृहमन्त्री दुवैजना एकै पार्टीका भएकाले पनि प्रधानमन्त्रीले चाहेकै व्यक्ति आईजीपी बन्ने लगभग निश्चित छ ।

    तर, पछिल्लो समय प्रहरीमा तीन एआईजीको दरबन्दी थप्ने तयारी भएको छ । यसले आईजीपीको खेलमा नयाँ मोडसमेत ल्याउनसक्ने कतिपयको बुझाइ छ ।

    तर, एआईजी दरबन्दी थप्ने वा नथप्ने टुंगो भने लागिसकेको छैन । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले दरबन्दी थपको प्रक्रिया अगाडि बढाएको छ । तीनजना एआईजी दरबन्दी कायम भएमा र त्यसमा पनि पोखरेल, थापाकै ब्याची डीआईजीहरू धीरजप्रताप सिंह, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, वसन्त लामा, अरुण बिसी एआईजी बनेमात्रै उनीहरु आईजीपीका दाबेदार हुनेछन् ।

    तर, अहिलेकै आईजीपी शैलेश थापा क्षेत्रीका ब्याचीहरु डीआईजी छन् । उनीहरु पनि एआईजीको दौडधुपमा सक्रिय छन् । यस्तोमा अहिले नै एआईजीको को–को बन्लान् भन्ने टुङ्गो छैन । आईजीपीका ब्याचीहरु एआईजी बनेमा पोखरेल र थापामध्ये एकजना आईजीपी बन्नेछन् । उनीहरुमध्ये एकजना आईजीपी बनेमा उनका ब्याची डीआईजीहरु एआईजी बन्नेछन् । 

    images
    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १५:४०:३७ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार