२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकसहित ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रवाह प्रभावित भएको छ । बिहीबार दिउँसोसम्म ६० जनाभन्दा बढी चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल जनशक्ति व्यवस्थापनमा जुटेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. दिनेशुकमार काफ्लेका अनुसार त्रिविमा पीसीआर सेवा २४ घण्टाबाट घटाउने, नयाँ कर्मचारीको छुट्टी मिलाउनेलगायत निर्णय अस्पताल प्रशासनले गरेको छ । त्यसैगरी लक्षण नदेखिएका संक्रमित स्वास्थ्यकर्मीको आइसोलेसन अवधि कम गर्ने, वार्डहरु मर्ज गरेर सञ्चालन गर्ने लगायत निणर्यसमेत प्रशासनले गरेको छ ।
अस्पतालमा आजसम्म ४२ जना कोभिड संक्रमित उपचाररत छन् । अन्य समस्याले भर्ना गरेका विरामीमा परीक्षण गर्दा पनि धमाधम संक्रमण पुष्टि हुन थालेको छ । “अहिले उपलब्ध जनशक्तिबाट पनि सेवा प्रवाह नरोकिनेगरी जनशक्ति व्यवस्थापनमा हामी जुटेका छौं,” डा. काफ्लेले भने, “बिरामी बोक्ने एम्बुलेन्सका चालक, पीसीआर परीक्षण गर्ने स्वास्थ्यकर्मीलगायत कर्मचारी नै संक्रमित भएपछि अस्पतालका सेवा प्रवाहमा कठिनाइ थपिएको छ ।”
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij