Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कोभिड-१९ को उपचारका लागि थप २ औषधिको सूची समावेश

कोभिड-१९ को उपचारका लागि थप २ औषधिको सूची समावेश


  • 2.7K
    Shares

    कोभिड-१९ को उपचारका लागि थप २ औषधिको सूची समावेश
    images

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उपचारमा प्रयोग हुने औषधिको सूचीमा थप २ वटा औषधि समावेश गरेको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड-१९ को उपचारमा प्रयोग हुने औषधिसम्बन्धी आफ्नो निर्देशिकामा थप २ वटा औषधि थपेको हो । अरु भेरियन्टभन्दा संक्रामक मानिएको नयाँ ओमिक्रोन भेरियन्टका कारण विश्वभर संक्रमित बढ्न थालेका बेला डब्ल्यूएचओले आफ्नो निर्देशिकामा ब्यारिसाइटिनिब र सोट्रोभिमाब औषधि थपेको हो ।

    कोभिड-१९ को उपचारमा प्रयोग गर्न सकिने भनेर सिफारिस गरिएको ब्यारिसाइटिनिब गठिया बाथ रोग (र्‍युमाटोइड आर्थराइटिस) को उपचारमा समेत प्रयोग गरिन्‍छ । यो औषधिलाई कोर्टिकोस्टेरोइडसँगै कोभिड-१९ को उपचारमा प्रयोग गर्न सकिने डब्ल्यूएचओको भनाइ छ ।

    डब्ल्यूएचओका अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित प्यानलले ब्यारिसाइटिनिबको प्रयोग गर्दा भेन्टिलेसनको आवश्यकता कम हुने र कोभिड संक्रमितको ज्यान बच्ने बताएको छ ।

    डब्ल्यूएचओले सिफारिस गरेको सोट्रोभिमाब शरीरको रोग प्रतिरोधी क्षमता नक्कल गर्न सक्ने मोनोक्लोनल एन्टिबडी हो । यसलाई विशेष अवस्था अर्थात् सामान्य लक्षण देखिएका तर अस्पताल भर्ना हुने अवस्था उच्च रहेका बिरामीको हकमा मात्रै प्रयोग गर्न सकिने संगठनको भनाइ छ ।

    कोभिड-१९ महामारी पुन: भयावह बन्न थालेका बेला डब्ल्यूएचओले पछिल्लो सिफारिस गरेको हो । गत हप्ता मात्रै विश्वभर १ करोड ५० लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । जुन साप्ताहिक रुपमा पुष्टि भएको हालसम्मकै धेरै संक्रमण हो ।

    पछिल्लो समय प्राय: सबै मुलुकमा डेल्टालाई प्रतिस्थापित गरिरहेको ओमिक्रोनका कारण संक्रमितको संख्या बढ्न पुगेको अलजजिराले जनाएको छ ।

    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १४:१२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij