२०८२ मंसिर ६ गते शनिवार
दाङ। दाङमा नेपाल प्रहरीको नक्कली सई बनि ठगी गर्ने घोराही निवासी रामबहादुर बस्नेत यतिबेला प्रहरी हिरासतमा छन् । नक्कली सई बनि ठगी गरेको आरोपमा प्रहरीले घोराही(१५ मालपोत कार्यालय नजिकैबाट घोराही उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनलाई सिआईबीको सई बनेर धाक धम्की देखाई उजुरिका आधारमा पक्राउ गरेको हो। घोराहीको एक बस्त्रालयबाट १४ हजार बराबरको कम्मल लगि ठगी गरेको पीडितको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij