Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

अस्ट्रेलियाले फेरी रद्द गर्‍यो जोकोभिचको भिसा

अस्ट्रेलियाले फेरी रद्द गर्‍यो जोकोभिचको भिसा


  • 2.9K
    Shares

    अस्ट्रेलियाले फेरी  रद्द गर्‍यो जोकोभिचको भिसा
    images

    काठमाडौं । अस्ट्रेलियाले दोस्रो पटक नाभाक जाकोभिचको भिसा रद्द गरेको छ । शुक्रबार विश्वकै नम्बर एक टेनिस प्लेयरले खोप नलगाएको भन्दै समुदायलाई जोखिम पुर्याउन सक्ने अस्ट्रेलियाले दोस्रो पटक उनको भिसा रद्द गरेको हो ।

    अध्यागमन मन्त्री एलेक्स हकले जोकोभिचको भिसा फेरि रद्द गर्न थप शक्ति प्रयोग गर्दै उनको भिसा रद्द गरेको हो । यसअघि आफ्नो भिसा जोगाउन जाकोभिचले अदालतमा दिएको निवेदनपछि अदालतले उनको भिसा जोगाउन आदेश दिएको थियो । सोमबार उनी हिरासतबाट मुक्त भएका थिए ।

    धारा १३३ को सी ३ को प्रयोग गर्दै जाकोभिचको भिसा रद्द गरेको अध्यागमन मन्त्री हकले बताएका छन् । केही दिनअघि जाकोभिच अस्ट्रेलिया ओपन खेल्न मेलबर्न विमानस्थलमा उत्रेसँगै उनलाई त्यहाँबाटै हिरासत होटेलमा राखिएको थियो भने, उनको भिसा रद्द गरिएको थियो ।

    जाकोभिच गत डिसेम्बर १६ मा कोरोना संक्रमण पुष्टि भएपछि पनि दुई दिनपछि एक अन्तर्वार्तामा सहभागी भएका थिए । उनी कोरोना भाइरसविरुद्धको खोप विरोधीका रुपमा चिनिएका थिए ।

    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १३:५२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij