२०८२ मंसिर ६ गते शनिवार
संखुवासभा । संखुवासभामा करेन्ट लागेर एकजना इञ्जिनियरको मृत्यु भएको छ । जिल्लाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसेस्थितमा निर्माणाधीन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर सिभिल इञ्जिनियर २८ वर्षीय अनिल ठाकुरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उक्त निर्माणाधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा विद्युत् प्रसारण लाइनको तारमा पर्न गएर करेन्ट लागेर बेहोस भएका उनको बिहीबार दिउँसो जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरी घर भएका ठाकुर पछिल्लो समय ललितपुरमा बस्दै आएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij